• ट्रेण्डिङ :

​बागमती पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा ईश्वर लामा विजयी

​बागमती पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्षमा ईश्वर लामा विजयी

cnewsnepal

शनिबार, साउन १६ २०८३
पढ्न लाग्ने समय: < १ मिनेट


 काठमाडौँ। बागमती पेट्रोलियम डिलर्स एशोसिएसन केन्द्रीय कार्यसमितिको निर्वाचन २०८३ को अन्तिम परिणाम सार्वजनिक भएको छ। कूल १२१ मत खसेको निर्वाचनबाट अध्यक्ष पदमा ईश्वर लामा ७७ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रल्हाद तिमल्सिनाले ४२ मत प्राप्त गर्नुभयो।

​त्यस्तै, विशिष्ट उपाध्यक्ष पदमा कुमार श्रेष्ठ ७३ मत ल्याएर निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी लिलेश्वर प्रसाद प्रधानले ४५ मत प्राप्त गर्नुभयो। वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार खड्का ८३ मतका साथ विजयी हुनुभएको छ। प्रतिस्पर्धामा रहनुभएका रामप्रसाद तिमिल्सिनाले ६९ मत र भरत सापकोटाले ३२ मत प्राप्त गर्नुभयो।

​पदाधिकारीतर्फ सचिव पदमा राजकुमार साह (४६ मत), कोषाध्यक्षमा यसु प्रधान (६५ मत), सह-सचिवमा पुरुषोत्तम रेग्मी (७३ मत) र सह-कोषाध्यक्ष पदमा प्रकाश राज खड्का (७६ मत) विजयी हुनुभएको छ।

​नवनिर्वाचित कार्यसमितिले पेट्रोलियम व्यवसायीहरूको हकहितका साथै उपभोक्ता सेवालाई अझ व्यवस्थित बनाउन नेतृत्वदायी भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार