• ट्रेण्डिङ :

बाराबाट भारतीय नम्बर प्लेटका २८ मोटरसाइकल नियन्त्रणमा

बाराबाट भारतीय नम्बर प्लेटका २८ मोटरसाइकल नियन्त्रणमा

cnewsnepal

शनिबार, फाल्गुन १७ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


१६ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले भारतीय नम्बर प्लेटका २८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

कागजात नभएका, भन्सार नतिरका उक्त संख्याको मोटरसाइकल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीको गस्ती टोलीले बाराका विभिन्न स्थानबाट भारतीय नम्बर पलेटका ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको थियो ।

बारा प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूबाट करिब २५ लाख रुपैयाँ बराबर राजस्व संकलन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार