• ट्रेण्डिङ :

बिरामी बाेक्ने एम्बुलेन्समा ५२ किलो गाँजा फेला

बिरामी बाेक्ने एम्बुलेन्समा ५२ किलो गाँजा फेला

cnewsnepal

आइतबार, फाल्गुन १३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


धनकुटा- धनकुटावाट प्रहरीले एम्बुलेन्समा ५२ केजी लागुअाैषध सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

धनकुटाको भेडेटारमा एम्बुलेन्समा राखेर लैजाँदै गरिएको अवस्थामा ५२ किलोग्राम गाँजा सहित एकजनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा उक्त परिमाणको गाँजा फेला परेको जनाएको छ ।

प्रहरीले एम्बुलेन्स चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चेललाई नियन्त्रणमा लिएको छ । झापाको हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स विराटनगरस्थित नोबेल अस्पतालबाट साँगुरीगढी गाउँपालिका–३ मा बिरामी लिएर आएको जनाइएको छ ।

बिरामी पुर्‍याएर फर्कने क्रममा गाँजा बोकेर लैजाँदै गरेको इलाका प्रहरी कार्यालयका प्रमुख जीवन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार