• ट्रेण्डिङ :

बिर्तामोडको भेटेरिनरी पसलबाट लागूऔषध बरामद, सञ्चालक प्रहरी नियन्त्रणमा

बिर्तामोडको भेटेरिनरी पसलबाट लागूऔषध बरामद, सञ्चालक प्रहरी नियन्त्रणमा

cnewsnepal

शनिबार, भाद्र २७ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२७ भदौ झापा। प्रहरीले झापाको बिर्तामोडस्थित एक भेटेरिनरी पसलबाट लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोड नगरपालिका–३, बिर्ताबजारस्थित गोपाल एग्रोभेटमा लागूऔषध ब्राउनसुगरको कारोबार हुने गरेको सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजे प्रहरीले छापा मारेको थियो ।         
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा ब्राउनसुगर जस्तै देखिने २२ ग्राम लिसाइलो पदार्थ प्रतिबन्धित लागूऔषध बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
बरामद गरेको लागूऔषधसहित एग्रोभेटका सञ्चालक ३० बर्षीय गोपाल गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार