४ कात्तिक, काठमाडौं । नक्कली नोट र नोट बनाउने मेसिनसहित प्रहरीले ३ जनालाई पक्राउ गरको छ ।
बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित महानगरीय प्रहरी वृत्त बौद्धले पृथ्वीराज भन्ने राजन परियारसमेतका व्यक्तिहरु पक्राउ परेका हुन् ।
नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ परेको पुष्टि गर्दै काठमाडौँ प्रहरी प्रमुख उत्तमराज सुवेदीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको बताए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार