प्रहरीले भक्तपुर स्थित चाँगुनारायण नगरपालिका ७ बागरे स्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहरा भित्र महिलाको घाँटी रेटि हत्या गर्ने दुई अभियुक्त पक्राउ गरेको छ ।
सोमवार वेलुकी ९ वजेर ५० मनेट जादा प्रहरीलाई स्थानियले एक महिलाको मृत्यु भएको खवर प्रहरी समक्ष पुगेको थियो ।
मृतक महिला जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं. ९ नवलडाँडा स्थायी घर भई हाल भक्तपुर नागपोखरी बस्दै आएकी बर्ष २८ की जेनिशा नगरकोटी रहेको रहेको खुल्न आएको छ ।
सो घटनामा मृतकको चक्कुले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय भक्तपुर जनाएको छ ।
प्रहरीले हत्या संलग्न दुई जनालाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका प्रबक्ता राजु पाँडेले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं. २ भकुण्डेवेशी स्थायी घर भई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १०थलाछे बस्ने बर्ष ४४ को रमेश भन्ने कुमार लामा र जिल्ला काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ चौवास स्थायी घरभई हाल जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. ८ महेश्वरी बस्नेत बर्ष ३८ को नवराज रिजाल छन् ।
पक्राउ परेका दुई जनलाई ज्यान सम्बन्धि कसुरमा भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको भत्तपुर प्रहरीले जनाएको छ ।