• ट्रेण्डिङ :

भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा, लाखौंको मालसामान बरामद

भन्सार छलीका सामान प्रहरी नियन्त्रणमा, लाखौंको मालसामान बरामद

cnewsnepal

आइतबार, बैशाख २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२८ बैशाख बुटवल । रुपन्देही जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएका लाखौं मूल्यका अवैध सामान नियन्त्रणमा लिएको छ।

प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दै ६ लाख ६२ हजार ७८७ रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानहरूमा १२८ वटा जिउँदो बोइलर कुखुरा (३५२ केजी), ११ बोरा चिनी (४२५ केजी), २६ क्यारेट अण्डा, ४० वटा प्लाष्टिक कुर्सी, १६ बोरा गहुँ, किराना सामानहरू, र विभिन्न नम्बरका चार वटा मोटरसाइकल तथा एक वटा ई-रिक्सा रहेका छन्।

बरामद गरिएको सम्पूर्ण सामान भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार यो अभियानले भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छली गरी ल्याइने सामानको नियन्त्रणमा थप प्रभावकारी योगदान पुर्‍याएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार