१ असार,काठमाडौं । प्रहरीले काठमाडौंवाट भारतीय गाडीबाट ठुलो परिणामकाे लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे छ छ ।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजार नजिकै शङ्कास्पद अवस्थामा रोकिएको युपी ७८ सिबी९८३५ नम्बर प्लेट भएको भारतीय सेन्ट्राे कारलाई प्रहरीले जाँच गर्दा कारको ढोका र डिक्कीमा खाली अक्सिजन सिलिन्डर भित्र लुकाइ राखिएको ठूलो परिमाणको लागु औषध फेला परेको हाे ।
प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त गाडीबाट ट्रमाडोल नामक लागु औषधका ८२,९०० क्याप्सुल बरामद गरेको छ। साथै, विभिन्न कम्पनीका २ थान मोबाइल, १ थान अक्सिजन सिलिन्डर, भारतीय नम्बर प्लेट भएको सेन्ट्राे कार र नगद रु. ६५,००० समेत बरामद गरिएको छ।
यससँगै प्रहरीले लागु औषध ओसारपसारमा संलग्न भएको आशङ्कामा नुवाकोट जिल्ला, पञ्चकन्या गाउँपालिका–२, हाल बसोबास काठमाडौं महानगरपालिका–१४ बल्खु वर्ष २६ काे राजु मिजार, र काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने बर्ष २४ काे
मीना मगर छिन् ।
प्रहरीका अनुसार राजु मिजार यसअघि पनि तीनपटक लागु औषध सम्बन्धी मुद्दामा पक्राउ परिसकेको अभियोग अभिलेखमा देखिएको छ।
उनी विरुद्ध मिति २०७८/०८/०३ गते लागु औषध नियन्त्रण ब्यूरोबाट, मिति २०८१/०३/०५ गते प्रहरी वृत्त जगाती भक्तपुरबाट र मिति २०८१/०४/०१ गते प्रहरी वृत्त थानकोट काठमाडौंबाट मुद्दा चलाइएको थियो।
दुबै व्यक्तिलाई काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप गराई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बोहोरा बताउँछन्।