• ट्रेण्डिङ :

मकवानपुरगढीको खोल्सामा १०१ केजी गाँजा बरामद, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

मकवानपुरगढीको खोल्सामा १०१ केजी गाँजा बरामद, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

cnewsnepal

मंगलबार, बैशाख ९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१० बैशाख  हेटौंडा  ।मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं. २ स्थित धबोडी खोल्सामा वेबारिसे अवस्थामा ठूलो परिमाणको लागुऔषध गाँजा फेला परेको छ।

प्रहरीका अनुसार धापतर्फ  रहेको धबोडी खोल्सामा रहेको होमपाइपभित्र शंकास्पद वस्तु लुकाइएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

टोलीले घटनास्थलमा खोजतलास गर्दा रातो प्लास्टिकले बेरिएको पोको होमपाइप भित्र लुकाइएको अवस्थामा फेला पारेको हो।

जाँच गर्दा उक्त पोकोमा १०१ केजी ३१० ग्राम गाँजा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। हाल लागुऔषध लुकाएर राख्ने व्यक्तिको पहिचान तथा खोजी कार्य भइरहेको छ।

शंकास्पद बस्तु रहेको सूचना दिने स्थानीयसँग पनि सोधपुछ भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ।

प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीले भने, “सूचना प्राप्त भएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। बरामद गरिएको गाँजा अत्यधिक मात्रामा छ, अहिले यसमा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी छ।”

प्रतिक्रिया
सम्बन्धित समाचार