२७ फागुन,काठमाडौं । प्रहरीले स्राेत नखुलेकाे अबैध रकम सहित ४ जनालाई पक्राउ गरेकाे छ ।
प्रहरी चाैकी रातोमाटेबाट खटिएको चेकिङ टाेलीले हेटौडा उपमहानगरपालिका १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा स्राेत नखुलेको रकम सहित ४ जनालाई पक्राउ गरेकाे हाे ।
बिरगंज बाट नारायणघाट तर्फ जादै गरेको बि.आर ०१.एअर.२९९१ नम्बरको को ईन्डियन कारलाई संका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको सिट मुनि लुकाई छिपाई गरी राखेको भारतिय र नेपाली नगद प्रहरी बारमद गरेकाे छ ।
प्रहरी उक्त कार भित्रबाट नेपाली ५ सय को नोट १ हजार ४२ थानमा रु ५ लाख एक्काईस हजार,२ सयको नोट ९३ थानमा-भारतिय १८ हजार ६ सय,१०० को नोट ९३ थान,भारतिय रूपया ९हजार ३ सय,५०को नोट ४ थान रु.२ सय गरी जम्मा भारतीय रूपयाँ ५ लाख ४९ हजार १ सय र नेपाली रुपैया रु.२ लाख ५० हजार बरामद गरेकाे छ ।

प्रहरीले बरामद गरेकाे रकम
जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेमा कार चालक देश भारत बिहार राज्य सितामणी थाना ९ बस्ने भुभैरवो बस्ने बर्ष ३० को राकेश कुमार र सोही गाडिमा सवार बर्ष ३०को चन्द्र बाबु, बर्ष ३७ को अशोक राय,जिल्ला सुनसरी कोशी गा.पा.४ बस्ने बर्ष ३२ को निजाम मिया समेतलाई कार सहित नियन्त्रणमा लिईएको बताए ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान भईरहेकाे मकवानपुर प्रहरीले जनाएको छ ।