• ट्रेण्डिङ :

मकवानपुरमा नेपाली रु. ५०० दरका १८६ थान नक्कली नोटसहित एकजना पक्राउ

मकवानपुरमा नेपाली रु. ५०० दरका १८६ थान नक्कली नोटसहित एकजना पक्राउ

cnewsnepal

बिहिबार, बैशाख २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२५ बैशाख,हेटौंडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम लोकमार्गमा प्रहरीले नक्कली नाेट सहित एकजनालाई पक्राउ गरेकाे छ ।

५०० दरका १८६ थान नक्कली नेपाली नोटसहित प्रहरी रामकृष्ण  अधिकारीलाई पक्राउ गरेको हाे ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकलमा हेटौडातर्फ आउँदै गरेका अधिकारीलाई शंका लागि जाँच गर्दा उनको झोलाभित्र लुकाइएका नक्कली नोटहरू फेला पारेको जनाएको छ ।

अधिकारी जिल्ला धादिङ गंगाजमुना गाउँपालिका–२ घर भई हाल हेटौडा–८ मा बस्दै आएका छन्।

बरामद नक्कली नोटहरूको कुल मूल्य रु. ९३ हजार रहेको प्रहरी जनाएको छ । प्रहरीका अनुसार अधिकारीविरुद्ध मुद्रा सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार