• ट्रेण्डिङ :

मकवानपुरमा लागुऔषधसहित एक युवक पक्राउ, झोलाबाट ५ किलो ९४० ग्राम अफिमजस्तो पदार्थ बरामद

मकवानपुरमा लागुऔषधसहित एक युवक पक्राउ, झोलाबाट ५ किलो ९४० ग्राम अफिमजस्तो पदार्थ बरामद

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


८ बैशाख,मकवानपुर । मकवानपुरको नेवारपानीमा प्रहरीले विशेष चेकजाँचका क्रममा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन्।

पक्राउ परेका बाबुराम तामाङ

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नेवारपानीमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा चितवनबाट हेटौंडातर्फ गइरहेको यात्रुबाहक बस (बा.प्र.०३–००१ ख २८८७) मा सवार तामाङलाई शंका लागी जाँच गर्दा उनीसंगको झोलाबाट तिनवटा अलग–अलग पोकामा राखिएको ५ किलो ९४० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको हो।

लागुऔषधसहित पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार