११ चैत, काठमाडौं । अवैध लागुऔषधअफिमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला मकवानपुर हेटौडा १० दिलखुस खाजाघरमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले अवैध लागुऔषध सहित दुइए जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिलखुस खाजा घर भित्र बसिरहेका जिल्ला मकवानपुर थाहा नगरपालिका ८ बस्ने बर्ष ५४ का तेज बहादुर थिङ र सोही स्थान ११ घर भई हाल जिल्ला मकवानपुर हेटौडा २ डेरा गरि बस्ने बर्ष ४३ का शरण लामा छन् ।
प्रहरीका अनुसार चेकजांच गर्ने क्रममा शरण लामाले बोकेको झोला भित्र लागुऔषध अफिम २ किलो बरामद भएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रण्मा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।