• ट्रेण्डिङ :

मकवानपुरवाट लागुऔषध सहित दुईजना पक्राउ, गाडीसमेत बरामद

मकवानपुरवाट लागुऔषध सहित दुईजना पक्राउ, गाडीसमेत बरामद

cnewsnepal

बिहिबार, बैशाख ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


मकवानपुर, ११ वैशाख २०८२ – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा ७५,५०० क्यापसुल लागुऔषध ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ का २५ वर्षीय तिर्थलाल पासवान र २३ वर्षीय सुनिल पटेल रहेका छन्।

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गमा चेकजाँच गर्ने क्रममा बारा सिम्रौनगढबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई शंका लागि रोकेर जाँच गर्दा, गाडीको अगाडि ईन्जिन भएको भागमा लुकाई छिपाई राखिएको ५७,५०० क्यापसुल ट्रामाडोल हाइड्रो क्लोराइड (I.P. 50mg) बरामद गरिएको हो।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई गाडीसहित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको क्यापसुलको बजार मूल्य प्रति पत्ता रु. ७२ का दरले ५७५० पत्ता गरी जम्मा रु. ४,१४,००० पर्ने बताइएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार