• ट्रेण्डिङ :

मकवानपुरवाट ४५ किलो चरेससहित ३ जना पक्राउ

मकवानपुरवाट ४५ किलो चरेससहित ३ जना पक्राउ

cnewsnepal

बुधबार, फाल्गुन १६ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


१६  फागुन,काठमाडौं । मकवानपुरमा प्रहरीले अवैध लागुऔषध ४५ किलो चरेससहित ३ जना पक्राउ परेका छन्।

भैँसे प्रहरी चौकीबाट खटिएको टोलीले भिमफेदी गाउँपालिका-२ को पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा सोमबार दिउँसो ४५ केजी चरेससहित तिनजनालाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेमा थाहा नगरपालिका-८ का ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ का ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ का ३२ वर्षीय नवराज तामाङ छन् ।

पक्राउ परेका तिन जनालाई यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार