काठमाडौँ, १९ साउन । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु कस्तुरीको विनासहित दुईजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले तारकेश्वर नगरपालिका १० मनमैजु मालपोत कार्यालयचोक नजिक प्रतिक्षालय बस्दै गरेको अवस्थामा दोलखाका ३६ वर्षीय बाबु नेपाली र ४५ वर्षीय रमेश लामालाई आज दिउँसो पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले नेपाली र लामाले चारवटा सेतो रङको प्रतिबन्धित विनासहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ नेपाली र लामासँग प्रहरीले ७७ ग्राम ४५ मिलिग्राम कस्तुरीको विना बरामद गरेको छ ।
नेपालमा कस्तुरीको विनालाई धेरै मूल्य पर्ने भएकाले ओसारपसार गरिने गरेको छ । पक्राउ दुवैजनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले प्रमुख राठौरले बताए ।