११ कात्तिक काठमाडौं । प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरीकाे टाेलीले मकवानपुर जिल्ला मनहरी गाउँ पालिका ७ मनहरी बजारमा स्थित विरगंजबाट चितवन जाँदै गरेकाे बस चेक जाँचकाे क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे हाे ।
ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ पर्नेमा भारत विहार पुर्वी चम्पारण जिल्ला माेतीहारी ग्राम अादापुर वडा नम्बर २ बस्ने बर्ष २२ काे सद्दाम अन्सारी र भारत विहार जिल्ला माेतीहारी ग्राम सिसवा साैनाहा वडा नम्बर २ बस्ने वर्ष १८ काे राेहान आलम छन् ।
बिहीबार बेलुका ना ७ ख २०१९ नम्बरको यात्रुबाहक बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
पक्राउ परेका उनिहरूकाे साथबाट चेकजाँचका क्रममा लागुऔषध डाईजेपाम ३०० सय एम्पुल,फेनार्गन ३०६ एम्पुल, नुफिन ३०४ एम्पुल लागु औषध बरामद गरिएको उनले बताए ।
पक्राउ गरिएकालाई दुईजनालाई लागुऔषध एेन २०३३ अन्तर्गत म्याद थप गरि थप अनुसन्धान गरिएको ईप्रका मनहरीले जनाएको छ ।