• ट्रेण्डिङ :

मिसावट गरेको रक्सी बेच्ने गोपाल पुन मगर प्रहरीकाे फन्दामा

मिसावट गरेको रक्सी बेच्ने गोपाल पुन मगर प्रहरीकाे फन्दामा

cnewsnepal

बुधबार, असोज १७ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । मिसावट गरेको रक्सी बेच्ने एक ब्यक्ती पक्राउ परेकाछन् ।

गोप्य सुचनाका आधारमा महाराजगन्ज वृत प्रहरीले बसुन्धारा स्थित एक रक्सी पसलमा मिसावट रक्सी बेच्ने क्रममा रोल्पाका गोपाल पुन मगरलाई पक्राउ गरेको हो । उनलाई मिसावट रक्सी सहित पक्राउ गरि हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

गोपाल पुन मगरले यस अघि काठमाडौंमा रहेको सुनिल भट्टराईको पसलमा समेत त्यस्तै रक्सी बेचेको समाचार प्राप्त भएको छ । उनले सुनिल भट्टराईकी श्रीमती धर्मी गौडेललाई २०७९ साल माघ १३ गते मिसावट गरेको रक्सी बजार भाउ भन्दा कम मुल्यमा दिन्छु भनी प्रलोभन देखाई बिक्री गरेका थिए ।

काठमाडौ अपराध अनुसन्धान महाशाखाले अनुसन्धानका क्रममा उनीहरुलाई कारबाही समेत गरेको थियो । तत्कालिन समयमा धर्मी गौडेललाई पक्राउ गरि महाशाखाले हिरासतमा लिई कारबाही प्रक्रिया अघि बढाएको थियो ।

आफुहरुलाई झुक्काएर मिसावट गरेको रक्सी बेच्ने गोपाल पुन मगरलाई हदै सम्मको कारबाही हुनु पर्ने धर्मी गौडेलका श्रीमान सुनिल भट्टराईको माग रहेको छ ।

भट्टराई भन्छन्,म नभएको समयमा मेरी श्रीमतीलाई मिसावट रक्सी बिक्री गरि दुख दिने पुन मगर कानुनी फन्दामा परेकाछन् ।उनलाई कारबाही हुनु पर्यो, यस्ता ब्यक्तीलाई प्रहरीले सार्वजनिक गर्नु पर्यो मेरो माग यही छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार