• ट्रेण्डिङ :

मोरङबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ

मोरङबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ

cnewsnepal

बिहिबार, भाद्र १७ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१७ भदौ माेरङ । प्रहरीले मोरङबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरा रहेका मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी जानकारी दिए ।

क्षेत्रीको घरमा तलासी लिने क्रममा मेड इन युएसए लेखिएको पेस्तोल र तीन राउन्ड गोली फेला परेको मोरङका प्रहरी उपरीक्षक  जिसीले बताए।

सो हतियार खरिदका क्रममा बोहोरासमेत संलग्न रहेको खुलेपछि प्रहरीले बुधबार बिहान ३ बजे उनलाई पक्राउ गरेको उनले बताए।

दुबैलाई हातहतियार तथा खरखजना कसुरमा थुनामा राखेर अनुसन्धान थालिएको छ।

यस्तै, बारा, सिम्रौनगढ नगरपालिका-६ स्थित बिधायक होटेलबाट मेड इन युएसए लेखिएको म्याग्जिनसहितको १ थान पेस्तोल र थप १ थान म्याग्जिनसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका-४ गंगानगर बस्ने ३५ वर्षीय राजेशप्रसाद यादव र सोही ठाउँ बस्ने २० वर्षीय जितेन्द्रप्रसाद कुशवाहा रहेका छन्।

उक्त होटलमा हतियारसहित दुई जना व्यक्ति बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई हतियारसहित पक्राउ गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार