• ट्रेण्डिङ :

रसुवामा सात किलोभन्दा बढी सुन बरामद, चालक नियन्त्रणमा

रसुवामा सात किलोभन्दा बढी सुन बरामद, चालक नियन्त्रणमा

cnewsnepal

आइतबार, जेष्ठ ४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


४ जे,रसुवा । रसुवामा प्रहरीले सात किलोभन्दा बढी तौलको सुन जस्तो पहेँलो धातु बरामद गरेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले आइतबार सुन बरामद भएको पुष्टि गरेका हुन्।

‘सुन बरामद भएर भन्सारमा पठाइएको छ,’ उनले भने, ‘बरामद भएको सुनको मात्रा यकिन गर्न बाँकी छ।’ उनका अनुसार सात वटा बिस्कुटको आकारमा सुन बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले बरामद धातुको तौल अनुमानित सात किलो ६५३ ग्राम रहेको बताए। ‘धातु परीक्षण गर्न बाँकी नै छ। हामीले चालकलाई नियन्त्रणमा लिएका छौं,’ उनले जानकारी दिए।

प्रहरीले बा ४ ख ६२०१ नम्बरको गाडीलाई केरूङबाट काठमाडौं आउँदै गर्दा आइतबार दिउँसो साढे १ बजे नियन्त्रणमा लिएको हो। हालसम्म चालकको परिचय खुलाइएको छैन।

प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार