२९ भदौ, काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पुर्पक्षकालागि जेल चलान भएका छन् ।
सोमबार जिल्ला अदालत काठमाडौक न्यायाधीश विनोदराज पोखरेलको इजलासले मुख्य अभियुक्त गायक गेल्जङ दोर्जे तामाङलाई पुुुुर्वपक्ष, ३ जनालाई १५ हजार धरौटीमा निहा र ५ जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हाेे ।
गत भदौ १ गते झण्डा जलाएकाे आराेपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियाे ।
पक्राउ परेको ९ जना विरूद्द २४ भदौमा अदालतमा मुद्दा दायर भएको थियाे ।
भिडियोका सार्वजनिक भए पश्चात् गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुँदै आएकाे थियाे ।
भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।
म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू रहेका छन्।