• ट्रेण्डिङ :

रोतहटमा लागुऔधष १८६ किलो गाँजासहित दुई जना पक्राउ

रोतहटमा लागुऔधष १८६ किलो गाँजासहित दुई जना पक्राउ

cnewsnepal

शुक्रबार, कार्तिक २६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


प्रहरीले  रोतहटमा लागुऔधष गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान पौने १० बजे गौर नगरपालिका वडा नम्बर ४ गढवा टोलबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए। पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर १२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र १९ वर्षीय रित्तम तामाङ छन्।

उनीहरूबाट प्रहरीले १८६ किलो गाँजा बरामद गरेको हो। विशेष सूचनाको आधारमा खटिएको टोलीले उनीहरू चढेको ना.६ ख-५९४३ नम्बरको आइचर ट्रक चेक गरेको थियो।

त्यसक्रममा ट्रकमा फल्स बटम बनाई प्लाष्टिकले बेरेको १२ वटा पोका फेला परेको थियो। त्यसपछि ट्रक चालक गोलेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार