३ भाद्र काठमाडौं । रौतहटमा अज्ञात समूहले चलाएको गोली लागेर एकजना पुजारीको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी ज्ञानकुमार महताेले राेतहटकाे माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको गोली प्रहारबाट मृत्यु भएको पुष्टि गरे ।
डिएसपी महताेका अनुसार , पुजारीले खाना खाइरहेका बेला राति करिब ९ बजेको समयमा अज्ञात समूहले कन्चटमा गोली हानी हत्या गरि फरार रहेका छन् घटनामा संलग्नहरूकाे खाेजी कार्य भईरहेकाे छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय गडुवालका प्रहरीहरू तैनाथ रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार