• ट्रेण्डिङ :

लागु औषध कारोबारमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ

लागु औषध कारोबारमा संलग्न दुई जना काठमाडौंबाट पक्राउ

cnewsnepal

सोमबार, बैशाख १५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१५ वैशाख काठमाडौं । काठमाडौं महानगरपालिका–६ सिमलटारस्थित डेराबाट लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवैलाई मंगलबार दिउँसो १:३० बजे पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भोजपुर जिल्ला, पौवादुङमा गाउँपालिका–४ घर भई हाल सिमलटार बस्ने ३५ वर्षीय जिवन प्रधान र सिन्धुपाल्चोक जिल्ला, सुनकोसी गाउँपालिका–३ घर भई हाल रामहिटी बस्ने ३५ वर्षीय अकुंश तामाङ रहेका छन्।

प्रहरीले उनीहरू बस्दै आएको कोठामा रीतपूर्वक खानतलासी गर्दा डाइजेपाम ३१४ एम्पुल, फेनरागन ३०८ एम्पुल, नुर्फिन ३१० एम्पुल, एक थान आइफोन मोबाइल, एक थान सामसुङ मोबाइल र नगद ५९ हजार ७५० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन्।

उनका अनुसार पक्राउ परेकाहरूलाई लागु औषध सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार