• ट्रेण्डिङ :

लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

cnewsnepal

बुधबार, बैशाख २४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२४ बैशाख,दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ पुल्चोकस्थित प्युठान-भालुबाङ सडक खण्डमा लागु औषध ब्राउन सुगर सहित एक महिला पक्राउ परेकी छन्।

घोराहीबाट प्युठानतर्फ जाँदै गरेको भे १ ख ४३३२ नम्बरको इलेक्ट्रिक गाडीमा लागु औषध ओसारपसार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङ, दाङबाट खटिएको प्रहरी टोलीले उक्त गाडी रोकी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्युठान जिल्ला  स्थित बह्राखुट्टी बस्ने २० वर्षीया सरिता सार्कीको भित्री कपडामा लुकाइछिपाई राखेको अवस्थामा (शुद्ध तौल २ ग्राम ५८० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकी सरिता सार्कीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार