• ट्रेण्डिङ :

लागू औषध नियन्त्रण ब्युरोले भारी मात्रामा गाजा बरामद,गाडी सहित एक जना नियन्त्रणमा

लागू औषध नियन्त्रण ब्युरोले भारी मात्रामा गाजा बरामद,गाडी सहित एक जना नियन्त्रणमा

cnewsnepal

सोमबार, चैत्र ४ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


४ चैत,काठमाडौं । नेपाल प्रहरीकाे लागू औषध नियन्त्रण ब्युरोले भारी मात्रामा गाजा सहित एक जना पक्राउ गरेकाे छ ।

सिन्धुलीतर्फबाट बर्दिबास तर्फ लागु औषध (गाँजा) लैजादै गरेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा, कार्यालय बर्दिबासले भारीमात्रामा गाँजा सहित  एक जनालाई पक्राउ गरेकाे हाे ।

लागू औषध नियन्त्रण ब्युरो काेटेश्वरका प्रवक्ता एसपी नारायण प्रसाद अधिकारीले सिन्धुलीतर्फबाट बर्दिबास तर्फ आउदै गरेको बा.३ख. ५८३२ न. को निलो रंगको मिनिट्रकलाई महोत्तरी बर्दिबास नगरपालिका ३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थित बि.पि.राजमार्गमा रोकी चेकजांच गर्ने क्रमममा लागुऔंषध गाँजा सहित पक्राउ गरिएकाे बताए ।

एसपी अधिकारीका अनुसार पक्राउ पर्नेमा मिनि ट्रक चालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ घर भई हाल काठमाण्डौ ६ टोखा ग्रिनल्याण्ड स्थित डेरा गरी बस्ने बर्ष ३७ को सलिन मगर छन् ।

मिनि ट्रकको माथी टिनको फल्स बटम बनाई कालो त्रिपालले छोपी रातो रंगको प्लाष्टिकले र्‍याप गरी प्लाष्टिकको डोरीले बाँधी लुकाई छिपाई राखी ल्याउदै गरेको अबैध लागु औषध गाजाँ ३५ पोकामा ५४७ के.जि. बरामद गरिएकाे प्रहरीले जनाएको छ ।

बरामद गाँजा र पक्राउ परेका मगरलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार