• ट्रेण्डिङ :

वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद

वीरगञ्जबाट चार करोड मूल्य बराबरको भेप बरामद

cnewsnepal

शुक्रबार, साउन २५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


वीरगन्ज । पर्सा प्रहरीले पहिलोपटक वीरगन्जबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट ९भेप० बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ स्थित रेलवे रोडबाट पर्सा प्रहरीको विशेष टोलीले १५ हजार २ सय पीस भेप बरामद गरेको हो ।

रेल्वे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापा मार्दा ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि प्रहरीले छापा मारेको उनले बताए ।

उनका अनुसार बरामद भएको हरेक कार्टुनमा २ सय पीस भेप रहेको पाइएको छ । उनले भने, ‘सुरुमा ३र४ वटा पीस भन्सारबाट बरामद भयो, त्यसपछि हामी खोजविन गर्न थाल्यौं । सोही क्रममा डाँफे ट्रान्सपोर्टको गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा भेप बरामद भएको हो ।’

बरामद भेपको बजार मूल्य ४ करोड ४६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार