३२ साउन काठमाडौ । प्रहरीले भन्सार छली ल्याएका लत्ताकपडाहरू र सामान बाेक्ने प्रयाेग गरेकाे अटो सहित एकजनालाई पक्राउ गरेकाे छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित गण्डक सडक खण्डमा ना.२ ह १८४३ नम्बरको अटोमा भन्सार छली गरी ल्याएका सर्टको थान कपडा र टि-सर्टहरू वीरगञ्जबाट बाराको जितपुरतर्फ लाँदै गरेको अबस्थामा पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुरूषाेतम कार्कीका अनुसार अटो, कपडा र चालक जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.११ बस्ने वर्ष १८ को सोनु महमदलाई नियन्त्रणमा लिएकाे बताए । 
प्रहरी निरीक्षक कार्कीका अनुसार उक्त सामान ३ लाख सर्चालिस हजार चार सय बराबरको रहेकाे छ ।
पक्राउ परेका आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।