काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका ३० वर्षीय अर्जुन बुढाथोकीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ग्रान्डी (धापासी ) बाट पक्राउ गरेको छ ।
रुकुम जिल्ला साबिक शोभा गा.बि.स. वडा ३ को परिवतिॅत ऐ. रुकुम पूर्व जिल्ला सिस्ने गाउपालिका वडा ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा १५ बस्ने भिम वहादुर बुढाथोकी को नाती, देव वहादुर बुढाथोकी र दीपा बुढाथोकी को छोरा, बर्ष ३० को अर्जुन बुढाथोकी बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका थिए
बुढाथोकी काठमाडौंको दरबारमार्ग मा रहेको रोयल क्यासिनोमा फ्लस टेवलमा लगानी गरी व्यवसाय गर्ने गर्दथे ।
रोयल क्यासिनोको फ्लस टेवलमा लगानी गन भनदै विभिन्न व्यक्तिबाट १३ लाख ८४ हजार रुपैयाँ लिएको र उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिएका थिए ।
तर, खातामा पर्याप्त रकम नभएको पाइएपछि पीडितहरुले जाहेरी दिएका थिए ।
घटनामा बैंकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।
उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै ४ दिन कैद र विगो बमोजिम १३ लाख ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो
पक्राउ परेका अर्जुन बुढाथोकी लाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।