• ट्रेण्डिङ :

शंखमुलबाट ६ थान नक्कली नोटसहित एक जना पक्राउ

शंखमुलबाट ६ थान नक्कली नोटसहित एक जना पक्राउ

cnewsnepal

बुधबार, मंसिर १३ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १३ मंसिर । प्रहरीले एक खाजा घरवाट नक्कली नोट सहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरीगाउँपालिका ४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ छन् ।

शंखमुल खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार