• ट्रेण्डिङ :

शंखरापुरको सानागाउँमा पारिवारिक हिंसा : श्रीमतीको हत्या, दुई सन्तान घाइते, श्रीमान् फरार

शंखरापुरको सानागाउँमा पारिवारिक हिंसा : श्रीमतीको हत्या, दुई सन्तान घाइते, श्रीमान् फरार

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


८ बैशाख,काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ सानागाउँमा पारिवारिक झगडाले दुखद रूप लिँदै एक महिलाको ज्यान गएको छ। खुकुरी प्रहारबाट पुतली तामाङको हत्या भएको हो। उनी सिन्धुलीकी माइती भएकी हुन् र सानागाउँमा डेरामा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार, घटनापछि उनका श्रीमान् पदमबहादुर तामाङ फरार छन्। रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थायी घर भएका ५८ वर्षीय पदमबहादुरले गएराति साढे ९ बजे श्रीमतीको हत्या गरी फरार भएको जनाइएको छ।

घटनास्थलमै मृतकका ११ वर्षीय छोरा र १० वर्षीया छोरी पनि घाइते अवस्थामा फेला परेका छन्। दुवै बालबालिकालाई तुरुन्तै उद्धार गरी उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।

पुतली तामाङको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ। हाल घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। फरार अभियुक्तको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार