काठमाडौँ । सामाजिक अभियन्ता शर्मिला वाइबामाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वाइबाकै सहकर्मी शर्मिला श्रेष्ठ र कुबेर सिलवाल (बावु) रहेका छन्।
वैशाख ३ गते काँडाघारीमा वाइबामाथि भएको आक्रमणमा श्रेष्ठले रेन्चु प्रयोग गरेर प्रहार गरेकी थिइन्। घटनामा संलग्न श्रेष्ठ र सिलवाललाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार उनीहरूबीच पुरानो लेनदेनको विषयमा विवाद थियो, जसकै कारण आक्रमण भएको हो। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन बानेश्वर प्रहरी वृत्तमा पठाइएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार