• ट्रेण्डिङ :

सम्बरबहादुर १० वर्ष जेलवाट छुटेर फेरि लादै दिए १४ वर्षीया बालिकालाई भारत

सम्बरबहादुर १० वर्ष जेलवाट छुटेर फेरि लादै दिए १४ वर्षीया बालिकालाई भारत

cnewsnepal

मंगलबार, जेष्ठ २९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


१४ वर्षीया बालिका ( बबहरमहल २६) लाई भारत बेच्न लैजाँदै गर्दा दुई जनालाई पक्राउ गरेको छ । एक बालिकालाई बेच्न भारत लैजाने क्रममा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर ६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ र इन्दिरा कटुवाल तामाङ छन् । पक्राउ परेका सम्बरबहादुर जो १० मानव बेचखिनमानै जेल बसेर छुटेका थिए ।

नुवाकोट दुप्चेश्वर ६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ मानव बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर अघिल्लो साल वैशाखमा मात्रै छुटेका थिए । पीडितलाई नेपालको सीमा कटाउन गाह्रो हुने भएकाले अरुकै नागरिकता प्रयोग गराएका अनुसन्धानवाट खुलेको छ ।

सम्बरबहादुर र इन्दिराले पीडित बालिकालाई अरुकै सक्कल नागरिकता दिएर नाम र उमेर ढाँट्न लगाएका थिए । उनीहरूबाट केही भारतीय रकम समेत बरामद भएको छ ।

ललितपुरको सुनाकोठीबाट पीडित बालिकाको उद्धार भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार