• ट्रेण्डिङ :

सर्लाहीमा निज कार भित्र ११६ किलो रिफाईन गाँजा सहित एक पक्राउ

सर्लाहीमा निज कार भित्र ११६ किलो रिफाईन गाँजा सहित एक पक्राउ

cnewsnepal

शुक्रबार, फाल्गुन ११ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


११ फागुन, काठमाडौं । प्रहरीले लागुऔषध तस्करीको नयाँ नयाँ योजना विफल पार्दे भारी मात्रामा रिफाईन गाँजाको प्याकेट सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले निजि कारमा लुकाई छिपाई तस्करी गर्ने क्रममा गाँजको प्याकेट सहित एक जनालाई पक्राउ गरेको हो ।

सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले सर्लाही बागमती नगरपालीका ३ नयाँ बस्ती चोक स्थित नयाँरोड बरहथवा सडक खण्डमा गोप्य सुचनाको अधारमा दक्षिण बाट उत्तर तर्फ आई रहेको बागमती प्रदेश ०१(०२६ च ५१५९ नम्वरको कारलाई चेकजाँच गर्दा कार भित्र लुकाई छिपाई ल्याएको १० पोका गाँजा बरामद गरेको बताए ।

एसपी ज्ञवालीका अनुसार पक्राउ पर्नेमा कार चालक जिल्ला पुर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ बस्ने बर्ष ३० को सूर्य परियार छन् । एसपी ज्ञवालीले भने, जिल्लामा तस्करीको नयाँ नयाँ तरिका अपराधीक गिरोहले लागुऔषध तस्करी गर्दछ भने थियो सोही आधारमा हामीले निजी कारवाट लागुऔषध तस्करी हुदैछ, भने खवर आयो हेर्दा राम्रो प्याकमा १ सय १६ किलो ग्राम रिफाईन गाँजा फेला पयो ।’

पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार