• ट्रेण्डिङ :

सर्लाहीमा ४ वर्षिय अपहरित बलाकको प्रहरीद्धारा सकुशल उद्धार अपहरणकारी पक्राउ

सर्लाहीमा ४ वर्षिय अपहरित बलाकको प्रहरीद्धारा सकुशल उद्धार अपहरणकारी पक्राउ

cnewsnepal

बिहिबार, फाल्गुन २४ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


२४ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीले ४ वर्षको नावालकलाई अपहरण गरी लैजाने एक जना अपहरणकारीलाई कुशल बावालक सहित पक्राउ गरेको छ ।
जिल्ला सर्लाही पर्सा गाँउ पालिका वडा नं। २ संग्रामपुर स्थित सडक खण्डमा कुरकुरे खरिद गर्न गएका नावालकलाई अपहरण गरि लाने व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले अज्ञात व्यक्तिले बालक अपहरणे गरेको सुचना आयो तत्काल सवै मातहतका प्रहरीहरुलाई हाई अल्टमा राख्यौ र खोजतलास समेत व्यापक गरियो सकुशल बालक र बच्चा चोरी गर्न पक्राउ गर्न सफल भएका छौ । अपहरणकारीले देश भारत बिहार राज्य जिल्ला सितामढी थाना सोनवर्षा ग्राम पंचायत जानकीनगर वडा नं १ दरवार लालवनी बस्ने धिरेन्द्र रामको वर्ष ४ को छोरालाई अज्ञात व्यक्तिले अपहरण गरी लगेको थियो ।

प्रहरी टोलीले अपहरित भनीएका नावालक बच्चालाई खोज तलाश गर्दै जाने क्रममा जिल्ला सर्लाही पर्सा गाँउ पालिका वडा नं। २ संग्रामपुर स्थित भारतिय सिमा तर्फ भारत बिहार राज्य जिल्ला सितामढी थाना बेला ग्रामपंचायत बथुवारा वडा नं १ बस्ने वर्ष २७ को अताबुल अंसारीले हात समाती डोरियाई लगी रहेको अवस्थामा पक्राउ परेका छन् ।

प्रहरीले उद्धार गरेको नावालकलाई बुवा आमाको जिम्मा लगाईएको छ ।अताबुल अंसारीलाई सम्मानित सर्लाही जिल्लामा उपस्थित गराई अपहरण तथा शरिरबन्धक कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार