• ट्रेण्डिङ :

सशस्त्र प्रहरीका जवान लागुऔषध सहित पक्राउ

सशस्त्र प्रहरीका जवान लागुऔषध सहित पक्राउ

cnewsnepal

बुधबार, साउन १ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


सुनसरी । भारतको जोगवनीबाट लागुऔषध ल्याउँदै गर्दा एक युवा पक्राउ परेका छन् ।

जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरीको धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले बताउनुभयो ।

उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ । साइकलमा झुण्ड्याएर ल्याइएको झोला जाँच गर्दा चिनी र चनामा लुकाइएको लागुऔषध फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा ३ सय ९ एम्पुल लागुऔषध बरामद भएको छ।पक्राउ परेका थापामगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार