जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा जिल्ला धनुषा धनौजी गाउँपालिका-१ लखौरी सीमा इलाका नजिकैबाट सशस्त्र प्रहरी बल नेपाल र भन्सार कार्यालय जनकपुरको सन्युक्त टोलिले अवैध लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको १५ लाख बराबरको कपडा बरामद गरि जनकपुर भन्सार कार्यालयमा बुझाएको हाे ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकालले सशस्त्र प्रहरी बललाई सीमाक्षेत्रमा थप सतर्क र सक्रिय रहन निर्देशन दिनुभएपछि उनी हाजिर भए पन्चायत सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सक्रिय रुपमा आफ्नो गतिविधि बढाएको छ ।
सशस्त्र प्रहरी बललाई करछली, तस्करी, अपराधिक, गिरोह र अवैध क्रियाकलापहरु विरुद्ध शून्य सहनशीलताको नीति लागु गर्न निर्देशन दिनुभएको छ । अपराध नियन्त्रणमा कुनै राजनीति वा सामाजिक दबाब नमान्ने समेत उहाँले बताउनु भएको छ ।