• ट्रेण्डिङ :

सशस्त्र प्रहरीले अटोमेटीक पेस्तोल सहित एक जनालाई सितापाईलाबाट नियन्त्रणमा

सशस्त्र प्रहरीले अटोमेटीक पेस्तोल सहित एक जनालाई सितापाईलाबाट नियन्त्रणमा

cnewsnepal

बुधबार, भाद्र ३० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३० भदौ,काठमाण्डौ । सशस्त्र प्रहरी बलको विशेष टोलीले हतियार सहति एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको विशेष टोलीले सुचनाको आधारमा अटोमेटीक पेस्तोल सहित एक जनालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका प्रबक्ता डिआईजी राजु अर्यालले काठमाण्डौ १६ सितापाईला छाउने मार्ग रकचिल्ली रेष्टुरेन्ट वाट अवैध रुपमा लिएर हिडेको समयमा मेड इन जर्मनी लेखिएको अटोमेटीक पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली सहित एक जना पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रबक्ता डिआईजी अर्यालका अनुसार पक्राउ पर्ने तारकेश्वर नगरपालिका वडा नम्वर ३ जितपुरफेदी काठमाण्डौ बर्ष २४ को सोनाम तामाङ पक्राउ परेका छन् ।

पक्राउ परेका तामाङलाई अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त स्वयँवुमा बुझाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार