१४ चैत, काठमाडौं । प्रहरीले कटुपिट गरी हत्या गर्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीले हत्यमा संलग्न एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला रुपन्देही सुद्धोधन गाउँपालिका वडा नम्वर ६ घर भई जिल्ला रुपन्देही सियारी गाउँपालिका वडा नम्वर ७ रामजानकी टोल स्थित चिन्तामणी पाण्डेको घरमा बस्ने बर्ष ७० की उजेली लोधलाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा अपरिचित ब्यक्ति आई कुटपिट गरी सख्त घाईते बनाई फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक लोक बहादुर जि.सीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगि तल्काल घाईतेलाई उद्धार गरी उपचारार्थ भिम अस्पताल पठाइएकोमा उपचारको क्रममा लोधको मृत्यु भएको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा हत्यामा संलग्न ब्यक्तिको पहिचान एवम् खोजलतास गर्दे जाने क्रममा जिल्ला रुपन्देही सियारी गाउँपालिका वडा नं। ७ रामजानकी टोल बस्ने वर्ष २९ को प्रभुनाथ थारुलाई पक्राउ गरेको छ । प्रहरीले प्रारभिक अनुसन्धानको क्रममा प्रभुनाथ आफ्नो घरमा आउदा जादाँ मृतकले बाटोमा होच्याउने र गाली गरेको भनि विवाद हुने गरेको र होलीको दिन मृतकले हेपेर, होच्याएर, गाली गरेको भनि प्रभुनाथले रिसिबि राखेको कारण हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।
थारुले नसालु पदार्थ सेवन गरी फलामे हथौडा लिई मृतक सुतेकै ठाउमा गई हथौडाले कुटपिट गरेको खुलेको छ । पक्राउ परेका थारुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई थप अनुसन्धान तथा कारवाहीको लागी रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरेकोमा अदालतबाट १० दिन म्याद थप गरि घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय छपियाले घटना भएको दुई घण्टामै अपराधी पक्राउ गर्न सफल भएको थियो ।