काठमाडौँ । नेपाल जेसीज २०२२ का क्षेत्र “ग”का अध्यक्ष काे वार्षिक अध्यक्ष भेला–२०२५ नागरकोट हिलसाइड रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ।
बिहान ८:३० बजेबाट सुरु भएको कार्यक्रम “Let’s Be Together – Area ‘C’ 2025” भन्ने मूल नारामा केन्द्रित रहेको थियो।
कार्यक्रममार्फत क्षेत्र “ग” काे नयाँ नेतृत्व चयन गरिएको छ। नव निर्वाचित पदाधिकारीहरू अध्यक्षमा सम्झना श्रेष्ठ, महासचिव: किशाेर आचार्य, कोषाध्यक्ष: मनिष अवाले र कानुनी सल्लाहकार राेशन दानी चयन भएका छन् ।

नव निर्वाचित अध्यक्ष सम्झना श्रेष्ठले आफ्नो भनिन, “क्षेत्र ‘ग’ लाई अझ सबल, एकीकृत र समावेशी बनाउन मेरो सम्पूर्ण प्रतिबद्धता रहनेछ। हाम्रो टोलीले सहकार्य, पारदर्शिता र नवीन सोचका साथ अघि बढ्नेछ।”
निर्वतमान अध्यक्ष खेमराज अधिकारीले नयाँ नेतृत्वलाई बधाई दिंदै भने, “गत वर्ष हाम्रो यात्राले क्षेत्र ‘ग’ लाई उत्कृष्ट समन्वय र क्रियाशीलताको नयाँ स्तरमा पुर्याएको छ। अब नयाँ टोलीले त्यसलाई अझै उच्च स्तरमा पुर्याउनेमा पूर्ण विश्वास छ।”

संस्थापक अध्यक्ष राेशन दानीले कार्यक्रममा क्षेत्रको निरन्तर विकास र सहकार्यको महत्वमा जोड दिए। उनले भने, “क्षेत्र ‘ग’ हाम्रो साझा परिवार हो — नेतृत्व परिवर्तनले मात्र होइन, निरन्तरता र नयाँ ऊर्जाले संस्थाको बलियो भविष्य निर्माण गर्छ। नयाँ नेतृत्वले सहकार्य र एकताको भावनालाई अझ सुदृढ बनाओस्।”
कार्यक्रममा क्षेत्रका सदस्यहरू, अतिथि र शुभेच्छुकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। सांस्कृतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा सम्मान कार्यक्रमले भेलालाई थप रौनकता प्रदान गरेको थियो।