• ट्रेण्डिङ :

६ केजी पाेल्याण्ड सहित दुई जना कालिमाटीकाे नियन्त्रणमा

६ केजी पाेल्याण्ड सहित दुई जना कालिमाटीकाे नियन्त्रणमा

cnewsnepal

सोमबार, भाद्र २८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । महानगरीय प्रहरी बृत्त कालिमाटीकाे टाेलीले छुट्टाछुट्टै स्थानबाट ६ केजि पाेल्याण्ड सहित दुई जनालाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिल बाेहाेराका अनुसार पक्राउ पर्नेमा मकवानपुर थाहानगरपालिका ७ घर भई संतुङ्गल बस्ने बर्ष २२ का राजेन्द्र अर्याल र धादिङ थाक्रे गाउँ पालिका ५ घर भई गुर्जुधारा बस्ने बर्ष १९ काे कविर तामाङ छन् । 

पक्राउ परेका अर्यालले कंलकी क्षेत्रमा बेच्नविखन गर्ने सुचनाका अाधारमा ३ केजी पाेल्याण्ड र नगद १८ हजार बरामद भएकाे थियाे । अर्यालकाे संतुगलमा रहेकाे डेरामा चेकजाँच गर्ने क्रममा थप १ केजी २ सय ग्राम गरि ४ केजी २ सय ग्राम फेला परेकाे कालिमाटी बृत्तले जनाएको छ।

साथै प्रहरीले तामाङकाे साथवाट १ किलाे ९५० ग्राम फेला परेकाे हाे ।

पक्राउ परेका दुईलाई लागुअाैषध एेन २०३३ अन्तर्गत म्याद थप गरि अनुसन्धान सुरू गरिएकाे छ ।
प्रहरीले एक जनालाई कंलकी क्षेत्रवाट पक्राउ गरेकाे हाे भने अर्का चन्द्रागिरि गुर्जुधाराबाट पक्राउ गरिएकाे हाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार