• ट्रेण्डिङ :

९ किलो ३५० ग्राम चरेससहित धादिङकी थिङ बलम्वुबाट पक्राउ

९ किलो ३५० ग्राम चरेससहित धादिङकी थिङ बलम्वुबाट पक्राउ

cnewsnepal

बिहिबार, भाद्र ४ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


४ भाद्र काठमाडौं । ९ किलो ३५० ग्राम चरेससहित धादिङकी एक युवतीलाई थानकोट प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी बृत्त थानकोटकाे विशेष अप्रेसनमा चन्द्रागिरि नगरपालिका-१२ बलम्बुबाट २२ वर्षीया पवित्रा थिङलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकाेटका प्रमुख घनश्याम श्रेष्ठले
धादिङ गजुरी गाउँपालिका-८ की उनी बलम्बुमा डेरा गरी थिङलाई ९ केजी चरेस सहित पक्राउ गरेकाे पुष्टि गरे ।

उनका श्रीमान फूलबहादुर तामाङ फरार रहेको श्रेष्ठ भनाइ छ ।
खाटमुनि जेब्रा झोलामा लुकाएर राखेको चरेससहित प्रहरीले थिङलाई पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।

थिङमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान थालिएको थानकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार