• ट्रेण्डिङ :

रुपन्देहीबाट भन्सार छली भित्र्याइएका सामान बरामद

रुपन्देहीबाट भन्सार छली भित्र्याइएका सामान बरामद

cnewsnepal

बिहिबार, फाल्गुन २४ २०८०
पढ्न लाग्ने समय: < २ मिनेट


२४ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रुपन्देही भारताीय नाकाबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ।

प्रहरीले रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको १ सय ४० वोरा प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी रञ्जित सिंह राठौरले विशेष सुचनाको आधारमा तस्कारहरुले मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद बरामद गरिएको बताए ।

एसपी राठौरले भने, बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन् ,त्यस्तै सातवटा साइकल बरामद गरिएको छ, बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएका छौ ।

यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी रु दुई लाखबराबरको सामान बरामद गरेको हो।

प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार