धनगढीः कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–४ अस्नेरीबाट सोही नगरपालिका १ नयाँबस्ती बस्ने २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउदलाई पक्राउ गरेको हो।
दुबै जनालाई ३ ग्राम १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।
दुबैजनालाई इलाका प्रहरी कार्यालय टिकापुरको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार