• ट्रेण्डिङ :

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

पथलैयामा यात्रुबाहक बसबाट ६ किलो अवैध चाँदी बरामद

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१० बैशाख, बारा । पथलैया प्रहरीले वीरगञ्जबाट तुलसीपुरतर्फ जाँदै गरेको एक यात्रु बसबाट झन्डै ६ किलो अवैध चाँदी बरामद गरेको छ।

शनिबार साँझ  जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा चेकजाँचको क्रममा उक्त चाँदी फेला परेको हो।

पथलैया प्रहरी चौकीबाट प्रहरी निरीक्षक अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले बा.प्र.३–२५६ नम्बरको यात्रुबस रोकी जाँच गर्दा, बसको क्याबिन भित्र सिटमुनी वेवारिसे अवस्थामा टेपले बेरिएको एक कार्टुन फेला पारेको थियो।

शंकास्पद देखिएपछि खोलिएको कार्टुनभित्र विभिन्न किसिमका चाँदी जस्ता देखिने रेडिमेट गरगहना लुकाइएको अवस्थामा फेला परे। बरामद चाँदीको तौल करिब ६ किलो रहेको र अनुमानित बजार मूल्य करिब १० लाख ८० हजार रुपैयाँ बराबर हुने प्रहरीको प्रारम्भिक अनुमान छ।

हाल बरामद चाँदीलाई आवश्यक अनुसन्धानसहित कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार