११ बैशाख काठमाडौं । काठमाडौंको तीनकुनेस्थित खुल्ला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजित प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी जस्ता आपराधिक क्रियाकलापमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–३ का ४० वर्षीय मनोज थापा (मिनोज थापा) हुन्। उनलाई हाल काठमाडौं प्रहरीले नियन्त्रणमा लिई तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रदर्शनको क्रममा भएको उपद्रवबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार