काठमाडौँ । प्रहरीले काठमाण्डौंको बल्खु चोकबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाण्डौं महानगरपालिका १४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौँ ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौँ नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् ।
प्रहरी प्रभाग बल्खुका प्रमुख प्रहरी नायव निरीक्षक शिव निरौलाको कमाण्डमा खटिएको टोलीले बा प्र ०२(०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार