• ट्रेण्डिङ :

एआईजी लालमणि आचार्यको अवकाश

एआईजी लालमणि आचार्यको अवकाश

cnewsnepal

आइतबार, जेष्ठ ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


११ जेठ,काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ ।

प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाश भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको बताए ।
एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ ।

आचार्य एआईजी बढुवा भएपछि कार्य विभागका कार्यरत थिए ।उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार