दोश्रो चन्द्रागिरी महोत्सव चैत २९ देखि काठमाडौँ, २१ चैत । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरी महोत्सव’ हुने भएको छ । चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सहआयोजनामा उक्त महोत्सवमा हुने भएको हो । ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ दोस्रोपटक उक्त महोत्सव हुन लागेको हो । महोत्सव चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारामा हुनेछ । पर्यटकीय स्थल चन्द्रगिरिलाई स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान र झन् चिरपरिचित गराउने उद्देश्यले आयोजना गर्न लागिएको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए। नौ दिनसम्म चल्ने उक्त महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फारम संकलगायतका १०० भन्दा बढी कक्ष रहने महोत्सवका संयोजक रामनारायण घिमिरे वताए । महोत्सवमा चन्द्रागिरिको पृष्ठभूमि झल्कने होर्डिङबोर्ड, फोटो प्रदर्शनी तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको आयोजना हुनेछ । पछिल्लो समय दहचोक, कालुपाण्डे समाधि स्थल, मातातिर्थ, थानकोट, मच्छेनारायण जस्ता पर्यटकीय तथा धार्मिक स्थल रहेको पर्यटकीय स्थललाई प्रदेश सरकारले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको छ । महोत्सवमा स्थानीय स्तरका झाँकी प्रदर्शन समेत गरिने महोत्सवका प्रचार प्रसार संयोजक रोशन दानीले जानकारी दिए। कार्यक्रमका सह संयोजक तथा कार्यक्रम व्यवस्थापक देवेन्द्र प्रधानले चन्द्रगिरी नखगर पालिकाको सवाङिगन विकासका लागि यो महोत्सव कोसे ढुङ्गा सावित हुने वताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
गाैशालाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन दिन-रात खटिँदै इन्स्पेक्टर बिरेन्द्र रायमाझी: विद्यार्थी र चालक लक्षित सचेतना अभियान तीव्र