जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजले अवैध लागुऔंषध सहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजवाट गएकाे प्रहरी टाेलीले बिरगंज महानगरपालिका वडा नं.१६ रजन्ती चोक स्थित ना. ७ ख ९७४४ नं.को ट्याङकरमा चेकजाँच गर्दा लागु औषध वाईन सिरेक्स १०० मिलिलिटर को ८ बोतल, र सो ला.औ.लाई ५०० ML को माउन्टेन डिउको बोतलमा १ बोतल र १ लिटरको पानीको बोतलमा १ बोतल खन्याई लुकाई छिपाई राखेको लागु औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागी नेपाल सरकारले आह्वान गरेको बन्दाबन्दी (लकडाउन) को मौका पारी अवैध लागुऔंषध तस्करी भईरहेकाे छ भन्ने विशेष सुचनाकाे आधारमा उनिहरूलाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ट्याङकर र चालक जि.बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२१ अमलेखगंज बस्ने बर्ष २६ को बिशाल खड्का र सह चालक साेहि स्थान बस्ने बर्ष १८ को देव कुमार वल छन् ।

पक्राउ परेका दुवैलाई लागुऔंषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी जनाएको छ ।